|

काठमाडौं : २३ दिनदेखि आन्दोलनरत शिक्षक/कर्मचारीहरूले सडकमै रगत दिन थालेका छन्।

नेपाल शिक्षक महासंघको आयोजनामा आज(बिहिबार) बरबरमहलमा रक्तदान गर्न थालेका हुन्। नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तादान भइरहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। 

दिउँसो २ बजेपछि रक्तदान गर्ने भनिए पनि आन्दोलनमा शिक्षकहरु थाक्ने हुनाले पहिले रक्तदान गरेर आन्दोलनमा सहभागी हुन महासंघले शिक्षकहरुलाई आग्रह गरेकाे छ। उनीहरु माइतीघरमा आन्दोलन जारी छ भन्ने नारा नलाइरहेका छन्।

उनिहरुले सरकारलाई पसिनामात्रै नभएर रगत पनि दिन लागेको बताएका छन्। रक्तदान गरेपछि आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ। 

तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै देशभरका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.