काठमाडौं : सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा युवाहरू आउने क्रम सुरू भएको छ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको जनाएको छ।
भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी हुन अपिल गरेको छ। आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ। कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।