काठमाडौँ : काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा गुडिरहेको बसमा आज आगलागी भएको छ।
कलंकीबाट थानकोट जाँदै गरेको बा. प्र. ०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ।
इन्जिनबाट आगो सल्किएको र यात्रुहरूले भागेर ज्यान बचाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपील राज बोहराले पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएको र चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको बताए।
दिउँसो १ बजेतिर उक्त घटना भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।