|

काठमाडौँ : सुर्खेत जिल्ला सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट तलबाट निकालेको छ।  

५८ वर्षका गोविन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले आज ५० फिट गहिराइबाट शव बाहिर निकालेको हो।

उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यावस्थापन बेश चिप्ले सुर्खेतबाट समेत खोजी कार्यका लागि टोली परिचालन गरिएको थियो। सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएका वेला पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.