|

काठमाडौँ : काठमाडौँको महाराजगञ्जमा भएको दुर्घटनाको विषयमा आज यहाँ प्रदर्शन भएको छ। टिप्परको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूले बिहीवार साँझ प्रदर्शन गरेका हुन्।

बुधवार साँझ रा १ ख २६२२ नम्बरको टिपरले बा६२प ८८४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका नुवाकोटका माधव भट्टराईको आज उपचारका क्रममा मृत्यु भएको थियो। 

चालकलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायत माग पीडितहरुले राखेका थिए। सोही विषयमा छलफल गर्ने क्रममा प्रदर्शन भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.