‘राजा आफैँ नै राजावादी नभएकाले राजतन्त्र सकियो’
‘राजा आफैँ नै राजावादी नभएकाले राजतन्त्र सकियो’
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन्।
लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताए।
पार्टीका नेतामा गुटप्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ थियो। गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उनले जोड दिएका हुन्।
विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उनले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताए।
शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड थियो। कांग्रेसको नेतृत्मा मुलुकमा राजनीतिक परिवर्तन भई संविधान जारी भएको उल्लेख गर्दै उनले देखिएका समस्या समाधानमा समाजले कांग्रेसकै भूमिका खोजिरहेको दावी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।