काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको अरोप लगाएका छन्।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वअर्थमन्त्री पुनको नाम नलिइ यसअघिका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताए।
उनले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको बताउँदै आफैँ देशको अर्थतन्त्र ध्वस्त पार्ने र आफैँ अर्ती दिँदै हिँड्ने गरेको उल्लेख गरे। उनले अहिलेको सरकार अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्रलाई उठाउने काम गरिरहेको बताए।
उनले अघिल्लो सरकारले अर्थतन्त्र भताभुङ्ग पारेको, पैसा आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढुकुटीमा पैसा थोपो नराखेको, ऋणै ऋणमा फसाइदिएको, उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा नदिएको आरोप लगाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।