|

चन्द्रौटा : वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ६३ हजार रुपैयाँसहित एकजना भारतीयलाई पक्राउ गरेको छ।

आइतवार दिउँसो शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित एउटा घरमा विशेष सूचनाको आधारमा छापा मारेर उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत घर बताउने २२ वर्षीय अनिसकुमार रहेको प्रहरीले जनाएको छ। 

उक्त घरबाट पैसा गन्ने मेसिनलगायत मोबाइल र अन्य कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहका अनुसार बरामद रकम हुन्डीलगायत अवैध कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.