|

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले राप्रपा नेता रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका उनीहरुसहित २४ जना अदालतमा पेश गरिएकामा अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धा गर्न अनुमति दिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले थाहाखबरलाई जानकारी दिए।

यही वैशाख १० गते उनीहरूमाथि अनुसन्धा गर्न तीन दिनको म्याद थपिएको थियो। उनीहरुमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.