|
फाइल तस्वीर

काठमाडौँ : सत्तारुढ दलका नेता एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतवार दुःखद अवस्था सिर्जना भएको आरोप लगाएका छन्। 

उनले शिक्षकको आन्दोलनलाई मुठभेडमा लैजान केही तत्त्व लागि परेकाले सम्बन्धित निकायलाई सजगता अपनाउनसमेत आग्रह गरेका छन्। 

‘आजको घटना दुःखद भयो’, उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘शिक्षकको आन्दोलनमा सजगताको खाँचो छ।’

आइतवारको आन्दोलनका घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोख्रेलले भने,‘शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोशिस गरिरहेको र वार्तासमेत सकारात्मक ढंगले अघि बढेका वेलामा आज भएको मुठभेड नियोजित देखिन्छ।’ 

शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रविरुद्ध महासंघको नेतृत्व थप सचेत हुनुपर्ने उनले बताए। 

‘सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व हो’, महासचिव पोख्रेलले भनेका छन्, ‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन।’

साथै उनले सरकार र शिक्षक दुवै पक्षलाई गम्भीरतापूर्वक वार्तामा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न समेत सुझाव दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.