|

काठमाडौं : राष्ट्रिय अन्डर नाइन्टिन फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतमा हुन लागेको साफ अन्डर नाइन्टिन पुरुष च्याम्पियनसिप २०२५ का लागि अन्तिम टोली घोषणा गरेका छन्।

प्रतियोगिता यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म आयोजना हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ए मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन्।

नेपालको अन्तिम टोलीमा समावेश गोलकिपरहरुमा भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन र विशेष बानियाँ छन्। त्यसैगरी, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा र सिद्धान्त खड्का रहेका छन्।

यस्तै, मिडफिल्डको जिम्मेवारी कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लाछु थापा, सविनकुमार लुङेली मगर, रणजीत लामा, सुभाष बम र विज्ञान खड्का रहनेछन् । फरवार्ड पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल र प्रसुन तामाङ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.