|

काठमाडौं : नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षा विधेयकको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त प्रगतिबारे जानकारी गराउन सरकारसँग माग गरेका हुन्।  उनले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन पनि आग्रह गरे। उनले भने,‘हिजो भएको घटनाप्रति दुख व्यक्त गर्दछु, शिक्षामन्त्रीले शिक्षा विधेयकबारे के-के हुँदै छ सिंगो संसदलाई जानकारी गराउनुपर्छ,उपसमिति गठन भएको र त्यो समितिले दफामा छलफल गरिरहेको सुनेको छु।’

देशभरका शिक्षकहरूले शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.