|

काठमाडौं : २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूको आन्दोलनमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र साेही पार्टीका सम्मानित नेता झलनाथ खनाल पुगेका छन्। आज(सोमबार) भएको शिक्षक आन्दोलनमा ऐक्यबद्धताको लागि उनीहरू पुगेका हुन्।

आन्दोलनस्थल बिजुलीबजार पुगेपछि प्रहरी र शिक्षकहरूले सुरक्षा पनि दिएका थिए। हिजो नै उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालबाट जारी शिक्षक आन्दोलनको समर्थनमा आज अध्यक्ष  नेपाल जाने जानकारी दिएका थिए।

उनीहरुले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग संक्षिप्त भेट गरी फर्किए। उनीहरू पुगेपछि शिक्षकहरूले ‘शिक्षा ऐन जारी गर्, पुरानो ऐन खारेज गर्’ लगायतका नारा लगाएका थिए।

चैत २० गतेदेखि देशभरका शिक्षक कर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.