काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट भएको छ। आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर २ हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो।
आज ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा वित्त समूह १ दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूहको उपसूचक २ दशमलव १४ प्रतिशतले घटेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।