|

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता कांग्रेसले सहन नसक्ने चेतावनी दिएका छन्।

विपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो चेतावनी दिएका हुन्। 

सांसद कोइरालाले आइतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीयमात्र नभएर घृणित भएको बताए। उनले यस्ता कार्यहरू कांग्रेसले सहन नसक्ने बताए। 

उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकारबाहिर रहेकाहरूले गलत र कमी, कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताए। 

उनले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसका लागि आफूले साहस दिने जिकिर गरे।  

“शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्‍यो, त्यो निन्दनीयमात्र छैन, घृणित पनि छ। यो नेपाली कांग्रेसजस्तो पार्टीले सहन सक्दैन। सरकारमा बस्ने हाम्रा साथीहरू जो हुनुहुन्छ, उहाँहरूले सहकार्य गरेर जानुहोस् एमालेसँग त्यसमा मलाई केही भन्नु छैन‚’ उनले भने, ‘तपाईं हामीहरू जो बाहिर छौँ, हामीले यो सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट तपाईँहरूले गर्नुपर्छ, तपाईंहरूलाई साहस दिन म छु।” 

उनले अब पार्टीका लागि मात्र नभएर राष्ट्रका निम्ति आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.