|

सङ्खुवासभा : सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जिप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन्।

सोमवार धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा प्रदेश १-०२-००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा चालकसहित तीनजना गम्भीर घाइते भएका छन्। 

बोलेर जिप दुर्घटना हुँदा खाँदबारी–९ का ४१ वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० वर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

घाइते भएका तीनै जनाको उद्धार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। प्रहरी उपरीक्षक बस्नेतका अनुसार धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भइ अरुण नदीमा खसेको थियो। 

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको जिप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।   

अरुण नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.