|

काठमाडौँ : सरकार र नेपाल शिक्षक महासंघबीच आज भएको वार्ता सकारात्मक देखिएको छ। सत्तारुढ दल कांग्रेस, एमालेका नेताहरुसहित आज भएको वार्ताले निष्कर्ष नजिक पुर्याएको बताइएको छ।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको ७ बुँदे प्रस्तावकै वरिपरि रहेर सहमति जुटाउने प्रयास भएको वार्तामा सहभागी एक नेताले बताएका छन्। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा बैठक भएको थियो।

वार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए भने शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना सहभागी थिए।

आजै भएको वार्ता आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले मन्त्रिपरिषद बैठकमा सुनाएका थिए। सोही आधारमा सञ्चारमन्त्रीले पर्सीसम्ममा निकास निस्किने पत्रकारहरुलाई जानकारी गराएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.