टाईसिट बुधबार आउने
टाईसिट बुधबार आउने
काठमाडौँ : गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवार शुरु हुने भएको छ।
नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुने प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
काठमाडौँ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरीसहित १३ वटा पालिकाले भाग लिने टुङ्गो लागेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए। प्रतियोगिताका संयोजकसमेत रहेका उनले भाग लिने टोलीको अन्तिम टुङ्गो छिटै लागिसक्ने बताए।
प्रतियोगिता लिग कम नकआउटमा गर्ने तयारी रहेको प्रतियोगिता संयोजक बज्राचार्यले बताए।
अहिलेसम्म काठमाडौँ जिल्लाका काठमाडौँ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेल्ने निश्चित भएको छ।
यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको टुङ्गो लागेको छ।
भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागिता जनाउने निश्चित भइसकेको छ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँसहित ट्रफि पुरस्कार प्रदान गरिने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।
उनका अनुसार अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबल विकास गर्न उपत्यकाव्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए। उनले पछिल्लो समय नगरपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए।
“नगरपालिकाले खेलकुद गतिविधिलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ,” उनले भने, “गोदावरीमा खेल पर्यटनको पनि संभावना छ र त्यसको विकासका निम्ति यो प्रतियोगिता कोशेढुङ्गा हुनसक्छ।”
प्रतियोगिताको अनुमानित लागत १ करोड ९ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख महर्जनले जानकारी दिए। यसबाहेकका अन्य खर्च प्रायोजकका माध्यमबाट गरिने तयारी छ।
प्रतियोगिता सयोजक बज्राचार्यका अनुसार वर्षा भएमा प्रतियोगिताका खेल च्यासल मैदानमा गराइने तयारी छ। दिउँसो च्यासलमा राष्ट्रिय हकी भए पनि विहानको समयमा फुटबल गराउने गोदावरीको तयारी छ।
मेयर महर्जनले वन कार्यालयबाट ३ दशमलब ५ हेक्टरको वनको जग्गा रंगशालाको भोगाधिकारका लागि प्राप्त भएको बताए।
उनका अनुसार नगरपालिकाको गौरवको योजनाअन्तर्गत रहेको १५ हजार दर्शक क्षमताको मिनी रंगशाला बनाउन २ अर्बको लागत लाग्ने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।