काठमाडौं : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन्।
गएराति सरकारसँग भएको वार्तामा सहमति नजुटेपछि बिहानै सामाजिक सञ्जालमा उनले यस्तो आग्रह गरेका हुन्।
‘आन्दोलन बिना केही पाइँदैन’, उनले लेखेका छन्, ‘त्यसैले आन्दोलन बलियो गराऔँ।’
उनले मंगलबार पनि बिहान ठिक ११ बजे माइतीघर मण्डला आइपुग्न उनले शिक्षकहरूलाई अपिल गरेका छन्।
सिंहदरबारमा राति भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले निष्कर्षनजिक पुगेको दाबी गरेका थिए। महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।