|

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। 

सोमबार  १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ।

सोमबार तोलामा सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ।
आज एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ  कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.