विराटनगर : सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगरमा फेला परेको छ।
बसको पाटपुर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा आज (मंगलबार) बस फेला परेको हो।
व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला पारिएको हो।
विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री प्रहरीले बरामद गरेको छ। बस भने विराटनगर १२ मा रोकिएको अवस्थामा रहेको छ।
यता कवाडी गोदाममा प्रहरी पुगेपछि यसका सञ्चालक गीतादेवी साह भने जोगबनीतर्फ लागेको बुझिएको छ। उनलाई सहयोग गर्दै आएका उनका ज्वाँई दिपेन्द्र साहसमेत अहिले कवाडी गोदाम छोडेर भागेको प्रहरीले जानकारी दियो। घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।