|

काठमाडौं : नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गरेका छन् । 


मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले शिक्षकका मागहरू धेरैले उठाइसकेको भन्दै शिक्षकहरूका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे।

उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरूको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरू पूरा गर्न तयार हुनुपर्ने बताए। उनले शिक्षकका मागहरू पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे । 

सरकारमा अहिलेको विपक्षी दलहरू पनि रहिसकेकाले गोहीका आँसु निकाल्नुको फाइदा नरहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.