काठमाडौं : आन्दोलनमा रहेका चिकित्सकहरूले आज २७ औं दिनमा पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। गत चैत २१ गतेदेखि सेवा बहिष्कार गरेर सडकमा उत्रिएका आवासीय चिकित्सकहरूले चिकित्सकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
उनीहरूले आठौं तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन्। निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने, किरिया बिदा र सुत्केरी बिदा आवश्यकताका आधारमा थप्नुपर्ने पनि उनीहरूको माग राखेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।