|

विराटनगर : चुलाचुली रङ्गमञ्चको प्रस्तुति नाटक ‘उर्फ दारासिंह’ को मञ्चन आज मंगलवार शुरु भएको छ।

काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा आगामी जेठ ११ सम्म नाटक मञ्चन हुने निर्देशक चेतन आङथुपोले जानकारी दिए।

नाटक सोमवारबाहेक प्रत्येक दिन साँझ ५ साढे बजे मञ्चन हुनेछ भने शनिवार दिउँसो सवा १ बजे नाटकको अतिरिक्त प्रदर्शन हुनेछ।

सुमन लिङदेनको लेखनमा सुमन राईले निर्माण गरेको नाटकको निर्देशन आङथुपो र सह-निर्देशन रुपेश लामाले गरेका छन्। 

नाटकमा आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मनकुमार योङहाङ, दावा शेर्पालगायतले अभिनय गरेका छन्।

‘कर्णबहादुर केरुङ’ को जीवन कथामा आधारित रहेको नाटक ‘उर्फ दारासिंह’ चुलाचुली रंगमञ्चले एक थिएटर नेपालको सहकार्यमा मञ्चन गर्न लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.