काठमाडौँ : सरकारले ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआइजीमा बढुवा गरेको हो।
उनीहरु आजै पदस्थापनसमेत भइसकेका छन्। उनीहरुको यही वैशाख ११ गतेदेखि लागू हुने गरी बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
चन्द्र कुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइबी’मा पदस्थापन गरिएको छ। लालमणी आचार्यलाई कार्य विभाग, कृष्णहरी शर्मालाई प्रशासन विभाग, दानबहादुर कार्कीलाई मानवश्रोत विकास विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान विभागमा र डा मनोजकुमार केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।