काठमाडौँ : सरकार र आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधिबीच सिंहदरबारमा जारी वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन्।
वार्तामा अर्थमन्त्री विष्णु पौडेल केहीबेर सहभागी भएर निस्किएका शिक्षामन्त्रीका स्वकीय सचिव बाबुकृष्ण भेटवालले जानकारी दिए।
महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी छन्।
सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, सचिव दीपक काफ्लेसहितको टोली सहभागी छन्। शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।