|

काठमाडौं : यतिबेला गोरखा जिल्लास्थित दरौंदी नदीका फाँटहरू चैते धानले हरियाली देखिएका छन्। चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन्। सिंचाईका लागि दरौंदी नदी उपयुक्त श्रोत भएका कारण सो क्षेत्रका किसानहरू धान खेती सँगै तरकारी खेती समेत गर्ने गर्दछन्।

बौद्ध हिमालको काखबाट बहने दरौंदी नदी र सो हरियाली फाँट गोरखानगरपालिका र सिरानचोक गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ। सो बाटो भएर यात्रा गर्ने जोकोहिलाई पनि अहिले हरिया फाँटले आकर्षण गर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.