|

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ।

 मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ। मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो।  
    
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.