काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउने भएको छ। आज (बुधबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइने एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ।
ज्ञापनपत्र बुझाउन पार्टी अध्यक्ष माधवकुमार नेपालसहित अन्य पदाधिकारीहरू जानेछन्।
मागहरू के के छन् भन्ने खुलाइएको छ। तर पछिल्लो समय देश आन्दोलनमय बनेको छ। शिक्षक, चिकित्सक, लघुवित्त पीडित निरन्तर आन्दोलनमा छन्। शक्तिशाली सरकारले अपेक्षाअनुरुप ‘डेलिभरी’ दिन नसक्दा बढ्दै गएको असन्तुष्टि राजावादी आन्दोलनका नाममा प्रकट भयो।
अहिले विपक्षमा रहेको एकीकृत समाजवादीले यी नै समसायिक विषयमा सरकारको ध्यानार्षण गराउन लागेको बुझिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।