|

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुर पुगेका छन्। त्यसक्रममा उनले जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन्। 

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति सम्मान व्यक्त गरे। भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उनले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नुका साथै सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्‍याए। 

त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई पनि अध्यक्ष प्रचण्डले सम्मान गरेका छन्। पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा उनले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेका हुन्। 

कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गरिन् भने उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.