काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताएका छन्।
बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका उनले यस्तो बताएका हुन्। उनले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताए।
उनले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले देखाएको बताए। उनले यस्तो व्यवहारलाई परास्त गर्न पनि पार्टी एकता गरेरै छाड्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।