|

सिरहा : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक विस्तारका क्रममा लहान चोकमा ‘ओभरपास’ निर्माण शुरु भएको छ। ‘चाइना रेलवे-२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ .८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ। लहान चोकमा रहेको शहीद स्मारक हटाएसँगै ओभरपास निर्माण थालिएको हो। 

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड औसिराहाओका सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुनेछन्। मिर्चैयाको चोकमा पनि ओभरपास निर्माण शुरु भएको छ। यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन्। लहानमा अण्डरपास पनि धमाधम बन्दैछन्। 

आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ। पूर्वीखण्ड सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न  सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का लागेको छ। यो खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.