|

जनकपुरधाम : अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सातजना पक्राउ परेका छन्।

सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा सातजना र जनकपुरधाम उपमहानगर-२३ मा होलीको दिन भएको आशु यादवको हत्यामा संलग्न एकजना गरी आठजनालाई प्रहरीले पक्राउ गरेको बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी प्रहरी प्रवक्ता वरुण सिंहले बताए। 

उनीहरूले अनलाइनको दुरुपयोग गरेर दुई करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ ठगी गरेको  पत्रकार सम्मेलनमा जानकारी दिए।

पक्राउ पार्नेमा धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नीतेशकुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीरकुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेको पत्रकार सम्मेलनमा बताए।

उनीहरूले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर ठगी गर्ने गरेका थिए। पक्राउ परेकाहरूका साथबाट १० वटा मोबाइल समेत फेला परेको छ। त्यो मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडी समेत गरी १८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ।  

उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए। हालसम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको पत्रकार सम्मेलनमा बताए। उनीहरूमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

त्यसैगरी २०८१ चैत २ गते होलीको दिन जनकपुरधाम उपमहानगर–२३ स्थित बिन्धी टोलमा धर्मेन्द्र महतोले धारिलो हतियार प्रयोग गरी आशु यादव र रूपेश यादवलाई आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। घाइते अवस्थामै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा आशु यादवको मृत्यु भएको थियो।

उक्त घटनापछि फरार रहेका जनकपुरधाम उपमहानगर-२३ ५५ वर्षीय रामदिन महतो उर्फ गुजरा महतोलाई प्रहरीले मिति २०८२ वैशाख २२ गते धनौजी गाउँपालिका–४ बाट पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.