|

काठमाडौँ : सशस्त्र प्रहरी बलले पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको उद्धार गरेको छ।

आज करिब १६:४५ बजेको फेवातालमा अचानक आएको हावाहुरीका कारण २ जना छालमा फसेका थिए। उनीहरू काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा छालका कारण अलपत्र परेका थिए। उनीहरू कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका-३ बस्ने ४८ वर्षीय लक्ष्मण गुरुङ र विजय गुरुङ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको विपद् व्यवस्थापन टोलीले मोटरबोटको सहयोगमा उद्धार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। हावाहुरीको मौसम भएकाले विशेष गरी साँझको समयमा बोटिङ गर्दा सावधानी अपनाउन सशस्त्र प्रहरी बलले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.