|

काठमाडौँ : भारत र पाकिस्तानबीच शनिवार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतले आरोप लगाएको छ। 

भारतको जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको बताएका छन्। 

उनले सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै उक्त कुरा बताएका हुन्। उनले पोष्ट गरेको भिडियोमा विष्फोटको आवाज सुनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.