|

काठमाडौं :  महिला ट्वान्टी–२० क्रिकेट  विश्वकपको एसिया छनोटमा शनिबार यूएई र कतारबीचको खेलमा दुर्लभ दृश्य देखियो। यूएईका सबै १० ब्याटर ‘रिटायर्ड आउट’ भए।

पुरुष र महिलाको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पहिलो पटक दुईभन्दा बढी खेलाडी ‘रिटायर्ड आउट’ भएका हुन्।  टस जितेपछि ब्याटिङ गरकोे यूएईले विनाक्षति १ सय ९२ रन जोडिसकेको थियो। कप्तान इशा ओजा ५५  बलमा १४ चौका र ५ छक्कासहित १ सय १३ र थिर्था सतिश ४२ बलमा ११ चौका प्रहार गरी ७४ रन बनाएर ब्याटिङ गरिरहेका थिए। 

त्यसपछि वर्षा हुने सम्भावना बढेर जाँदा यूएई इनिङ्स टुंग्याएर जतिसक्दो खेलमा  नतिजा ल्याउन चाहन्थ्यो। तर, सीमित ओभरकोखेलमा ‘इनिङ्स डिक्लेयर’ गर्ने कुनै नियम रहेको छैन। त्यसपछि १९२ रनमै यूएईका सबै खेलाडी ‘रिटायर्ड आउट’ भए।

यूएईले कतारलाई ११.१ ओभरमा २९ रनमै अलआउट गरी खेल १ सय ६३ रनले जितेको थियो। कतारका सात खेलाडी ‘डकआउट’ भए । यूएईको इनिङ्समा पनि ८ खेलाडी ‘डकआउट’ भएका थिए।

यसले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा सर्वाधिक शून्यमा आउट हुने कीर्तिमान बनायो। यूएईका ८ ब्याटर बलै सामना नगरी ‘रिटायर्ड आउट’ भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.