|

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशसभाको वर्षे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बैठक आह्वानका लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

यस्तै बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ।

त्यसैगरी कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ।

 यसैगरी कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका –२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

साथै बैठकले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई हार्दिक धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.