अर्को सेमिफाइनलमा गोदावरी र दक्षिणकाली आमनेसामने

|

काठमाडौं : गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइल समिकरण पूरा भएको छ।

गोदावरी- १० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई ३-० ले सजिलै हराएको छ। 

कीर्तिपुरको जितमा सन्जोग महर्जन, यमन महर्जन र समीर बोहराले गोल गरे। खेलको २९औं मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको थियो।

३७औं मिनेटमा यसनले टोलीको अग्रता दोब्बर बनाए। खेलको अन्त्यतीर इन्जुरी समयमा समीरले गोल गर्दै कीर्तिपुरलाई सहज जित दिलाए। जितसँगै समूह डीको विजेता बन्दै कीर्तिपुरले सेमिफाइनलमा स्थान पक्का गरेको छ। 

अब मंगलबार दिउँसो साढे ३ बजे कीर्तिपुरले साबिक विजेता काठमाडौं महानगरपालिकाको सामना गर्नेछ। काठमाडौंले चाँगुनारायण र मध्यपुर ठिमीलाई हराउँदै समूह बि को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। समूह डि मा कीर्तिपुरले दुई खेलमा चार अंक जोडेको छ। 

यो समूहबाट तारकेश्वर नगरपालिका र कोन्ज्योसोम गाउँपालिका भने समूह चरणबाटै बाहिरिएका छन्। तारेकेश्वरले २ अंक जोड्दा कोन्ज्योसोमले १ अंक जोडेको छ। यसअघि कीर्तिपुर र कोन्ज्योसोमले ताकेश्वरसँग बराबरी खेलेका थिए।

अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.