|

काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले आज राजीनामा दिएका छन्। पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन्।

यसअघि सत्तागठबन्धन दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो।

भट्टको नाममा प्रधानमन्त्री ओली सहमत हुन सकेनन्। त्यसका लागि उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई अघि सारेपछि समस्या बल्झिएको थियो। यसपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रूपमा अघि सारेको हो।

गभर्नर हुने अवस्था आएपछि पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन्।

समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए।

यसअघि पनि राष्ट्रबैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.