|

काठमाडौँ : काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी घर भई ललितपुर बस्ने ४६ वर्षका सन्तोषकुमार गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। 

सो दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.