कीर्तिपुर र काठमाडौं भिड्ने
कीर्तिपुर र काठमाडौं भिड्ने
काठमाडौं : गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइल मंगलबार शुरु हुँदैछ ।
पहिलो सेमिफाइनल खेलमा कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका भिड्दैछन्।
खेल गोदावरी- १० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार दिउँसो साढे ३ बजे शुरु हुनेछ।
काठमाडौं समूह बीको विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डीको विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंले समूहचरणमा चाँगुनारायण र मध्यपुर ठिमी नगरपालिकालाई हराएको छ। दुई खेलबाट काठमाडौंले ६ अंक जोड्दा मध्यपुर र चाँगुले १–१ अंक जोडेका छन्।
कीर्तिपुरले समूह चरणमा तारकेश्वरसँग २-२ गोलको बराबरी तथा कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३-० को जित निकालेको छ। कीर्तिपुरले ४ अंक बनाउँदा तारेकेश्वरले २ अंक तथा कोन्ज्योसोमले १ अंक जोडेको छ।
आयोजक गोदावरी र दक्षिणकाली भिड्ने
गोदावरी मेयर कप फुटबलको अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
समूह एमा महालक्ष्मी नगरपालिकालाई ६-१ ले तथा बाग्मती गाउँपालिकालाई ७-० ले हराएको गोदावरीले समूह चरणमा ललितपुर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह सीमा रहेको दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५-० ले तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।