काठमाडौँ : काभ्रेको पनौतीमा आज एक्कारी भीषण वर्षा भयो।
गत वर्षको असोजमा जस्तै ठूलो पानी पर्दा पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ। कुलोले बगाउँदा पनौती नगरपालिका ५ स्थित सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन्।
असोजको बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइप बगाएको तथा ठूलो क्षेत्रको तरकारी बाली डुबाएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले थाहाखबरलाई जानकारी दिए।
त्यहाँ पछिल्लो तीन घन्टामै २० मिलिमिटर वर्षा भएको छ। त्याे भनेको ठूलाे वर्षा हो। भारी वर्षापछिको दृष्य तस्वीरमा...
(तस्वीर सौजन्य : पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी)
तपाईंको ईमेल गोप्य राखिनेछ ।