|

नवलपरासी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको विकास नभएको बताएका छन्।

जिल्लाको गैँडाकोटमा आइएमई ग्रुपको होटल इलाको आज उद्घाटन गर्दै उनले सरकारको प्रयासले मात्रै कुनै पनि देशलाई अगाडि बढाउन, विकसित गर्न र समृद्धि हासिल गर्न नसकिने बताए।

“सरकारको पुँजी र प्रयासले मात्रै सम्पूर्ण कुरा सम्भव हुँदैन। पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार, होटल बनाउन सरकारले सक्दैन”, मन्त्री पाण्डेले भने,“निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यमा देशको विकास गर्नुपर्छ भनेर संविधानमै तीनखम्बे अर्थनीतिलाई अङ्गिकार गरिएको छ। यसको पालना गरेर अगाडि बढौँ।”

उनले हवाई सेवामा पनि निजी क्षेत्रको प्रवेश नभएको भए अहिलेको जस्तो विकासमा पुग्न नसकिने भन्दै निजी क्षेत्रले नै अवस्था सहज बनाएको बताए। “यसै कारण हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ। निजी क्षेत्रलाई ऐन, कानुन र नीतिमार्फत सहयोग पु¥याउन सरकारले सहजीकरण गर्ने हो। त्यसमा हामी तयार छौँ । लगानीमैत्री वातावरण बनाउन सम्पूर्ण सहयोग गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री पाण्डेको भनाइ थियो। 

उनले संस्कृति जोगाउनु र पुरातत्व जोगाउनु सबैको दायित्व भएको भन्दै इतिहास जोगाउने र आधुनिक विकासको नयाँ ढोका खोल्ने काम सँगसँगै गर्नुपर्नेमा जोड दिए। मन्त्री पाण्डेले संस्कृति, पर्यटक, हवाई नीति समयसापेक्ष बनाउने विषयमा सरकारले तत्परता देखाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.