|

काठमाडौं : भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी  शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ। 

विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो। बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ।

साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि  हुने जनाइएको छ ।

क्वालिफायर मे २९ र इलिमिनेटर ३० मा हुनेछ। त्यस्तै, क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.