काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमा रहेका सयभन्दा बढी आतंकवादी मारेको दाबी गरेका छन्।
गएराति राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानले आतंकवादी कारवाहीमा भारतको साथ दिनुपर्नेमा उल्टो भारतमाथि आक्रमण गर्ने दुश्साहस गरेको भन्दै भारतले त्यसको उचित जवाफ दिएको बताएका हुन्।
मोदीले भारतले पाकिस्तानविरुद्ध गरेको आक्रामाक कारवाहीपछि विश्वभर बच्नको लागि गुहार मागेको दाबी पनि गरे। सम्बोधनका क्रममा मोदीले पाकिस्तानले आक्रमण रोक्न गुहार लगाएको दाबी गर्दै अब आफ्नो तर्फबाट कुनै आक्रमण नहुने प्रतिबद्धतापछि युद्धविराम गरेको बताएका छन्।
मोदीले अहिले भारतले पाकिस्तानविरुद्धको आक्रमण स्थगित मात्र गरेको र पाकिस्तानको आगामी दिनको व्यवहारले यसलाई कति लामो सम्म स्थगित गर्ने भन्ने निर्धारण गर्ने बताए।
भारतका स्थल, जल र हवाई सेना अहिले पनि उच्च अलर्टमा रहेको बताउदै मोदीले भारतमाथि फेरी आक्रमण भएमा त्यसको आफ्नै अनुसार जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मोदीले परमाणु शक्तिको ब्ल्याक मेल भारतले नसहने बताउदै भारतले परमाणु शक्तिको आडमा हुने आतंकवादी गतिबिधिको सधैविरुद्धमा हुने बताए।
मोदीले पाकिस्तानले पालेको आतंकवादले एक दिन पाकिस्तानलाई नै समाप्त गर्ने भन्दै यसलाई समाप्त गर्नुपर्ने बताए।
अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले देखाएको बर्बरताले देश र विश्वलाई स्तब्ध बनाएको बताउदै मोदीले बिदा मनाउने निर्दोष नागरिकहरूलाई उनीहरूको धर्म सोधेर उनीहरूका परिवार र बच्चाहरूको अगाडि निर्ममतापूर्वक हत्या गरिएको बताए।
मोदीले भने––यो आतंकको एकदमै भयानक अनुहार थियो। क्रूरता थियो। यो पनि देशको सद्भाव तोड्ने घृणित प्रयास थियो। मेरो लागि व्यक्तिगत रूपमा, यो पीडा ठूलो थियो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।