काठमाडौं : बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिन सम्म मनाइने श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दुर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खट सहित नगरपरिक्रमा गरिएको छ।
काठमाडौं उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो।
यस जात्राको पहिलो दिन नौलिन (नौलिङ्गेश्वरी) मन्दिरमा पञ्चबलि दिने गरिन्छ।
तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खट सहित टुसाल, गाम्चा, शापाटार, चपली र चुनिखेल क्षेत्र परिक्रमा गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।