काठमाडौँ : 'ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा' र 'ग्रेटर नेपाल कम्युनिस्ट पार्टी'ले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्।
उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै मंगलवार दूतावासअगाडि प्रदर्शन गरेका हुन्। नेपाली भूमि भारतमा पार्ने बदनियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै विरोध जनाइएको हो।
‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दूतावासमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्ती सम्झौता खारेज गर लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्। साथै उनीहरूले दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।