|

काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नर बन्न कसरत गरिरहेका पौडेलविरुद्ध आज रिट निवेदन पेश भएको हो।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर नियुक्ति गरे नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने दावीसहित रिट निवेदन पेश गरेका हुन्। 

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले अहिलेसम्म त्यससम्बन्धी रिट निवेदन दर्ता भने नभएको थाहाखबरलाई जानकारी दिए। 

उनीहरुले यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्न खोजेपछि त्यसविरुद्ध पनि रिट दर्ता गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.