|

जनकपुरधाम : महोत्तरीको बथनाहाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित गाँजा बरामद गरेको छ।

महोत्तरीका मनरासिस्वा नगरपालिका–९ बथनाहाबाट ५९ किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्टले बताए।

बोर्डर आउट पोस्ट(बीओपी) बथनाहाका सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्काको कमान्डमा खटेको नियमित पैदल गस्ती टोलीलाई देखेर गाँजाका पोका छोडेर भरिया फरार भएको जानकारी दिए।

पोका खोली चेक गर्दा गाँजा पाइएको भट्टले बताए। नेपालबाट भारततर्फ तस्करी गर्न लागेको ७ वटा पोकामा गाँजा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.