काठमाडौँ : दायाँ हात र तिघ्रामा रहेको जलनको दाग हटाउने शल्यक्रिया गरिएका सांसद डा चन्द्रकान्त भण्डारीलाई सघन उपचार कक्ष (आइसियु) बाट आज सामान्य वार्डमा स्थानान्तरण गरिएको छ।
उपचार अवधिभर उनको स्वास्थ्य अवस्था सामान्य रहेको कीर्तिपुर अस्पतालले जनाएको छ। उनलाई गएको शुक्रबार शल्यक्रिया गरी आइसियुमा राखिएको थियो।
आउँदो शुक्रवारसम्म उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने योजना रहेको अस्पतालका निर्देशक डा किरण किशोर नकर्मीले जानकारी दिए।
घाउ संक्रमण हुने सम्भावनालाई मध्यनजर गर्दै आगन्तुक भेट हाललाई स्थगित गरिएको पनि उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।